• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मेलम्चीको खानेपानी काठमाडौं पठाउन बन्द

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) को ‘सल्लाह’ मा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको छ ।

जलवायु परिवर्तनका कारण कतिखेर कत्रो र कुन किसिमको बाढी आउँछ भन्ने आँकलन गर्न नसक्ने भन्दै एडीबीले वर्षायामभरि मेलम्चीको सुरुङ बन्द गर्न खानेपानी मन्त्री महिन्द्र राय यादवलाई ‘सल्लाह’ दिएको मन्त्रालय स्रोतले बतायो ।

दुई वर्षअघि मेलम्चीमा आएको लेदो (सेडिमेन्ट) सहितको बाढीले मेलम्चीको संरचनामा मात्र झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको थियो । सरकारले मेलम्चीमा पूर्ण रूपमा मुहान संरचना (हेडवर्क्स) नबनाइकन अस्थायी रूपमा पानी छाडेको थियो ।

सानोतिनो पानी पर्दा पनि धमिलो आउन थालेपछि दुई वर्षअघिको बाढीलाई ल्याएको विनाश स्मरण गर्दै खानेपानी मन्त्रालयले उपत्यकामा मेलम्चीबाट पानी आपूर्ति अघिल्लो सातादेखि बन्द गर्न लगाएको हो ।