राष्ट्रियसभाको बैठक आज पनि बस्दै : एमालेको अवरोध जारी

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेपछि स्थगित भएको बैठक आजका लागि बैठक बोलाइएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक पनि सहज रुपमा सञ्चालन नहुने आशंका गरिएको छ ।