काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले भारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने समेत बताए ।
उनले भने ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको। हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिड्यो भन्ने अभिव्यक्ति दिदाँ हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौं हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौं । ’
सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै आक्रोश पोखे । अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन् ।
बालकोटमा पुस १० गते सम्झौता हुदाँ नै न्युनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको र त्यही अनुसार उपसभामुख भने आफ्नो पार्टीले पाउनु पर्ने माग भने आफूहरुले राखेको उनले बताए ।
त्यस्तै आफ्नो पार्टीलाई विचारविहीन पार्टी भनिएको भन्दै उनले भने ‘हामीसँग विचार र सिद्धान्त छैन भनेर भन्नेहरुलाई सुनिरहेका छौ र दुईवटा कानको प्रयोग पनि गरिरहेका छौँ ।’
हेर्नुहाेस् भिडिओ :