
काठमाडौं । आइतबार राति प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित भएपछि अमेरिकाले यसको स्वागत गरेको छ ।
एमसीसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकाले भनेकाे छ ‘एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो ।’
नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।