• २०८३ असार १४
  • 2026 June 28, Sunday

संघीय संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्री,देउवा र ओली छलफलमा

काठमाडौं । संघीय संसदमा जारी गतिरोध हटाउन शीर्ष तहबाट प्रयास सुरु भएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ ।

प्रधानमन्त्री दाहालले गत साता दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिदै आएको छ ।