• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने

काठमाडौं । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो ।

सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले गम्भिर रुपमा लिएका  छाै । आज प्रधानमन्त्रीले पनि सदनमा प्रष्ट पार्नुहुन्छ । हामीले पनि आफ्नो कुरा राख्छौं ।’

शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए ।

प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ ।

प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा सदनको कारबाही चल्न दिइने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

तीन दलको छलफलपछि  एमालेले प्रधानमन्त्रीको राजीनामा व्याक भएको छ।

प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित भएको थियो ।