ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडाैं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लोकहरि घिमिरे र ध्रुवप्रसाद अर्याल रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

एसएसपी आचार्यले दिएको जानकारी अनुसार अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक हुन् । उनी ललिता निवासको जग्गा नाप जाँचमा खटिएका थिए ।

यस्तै घिमिरे भेन समरजंग कम्पनीका प्रमुख हुन् । थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१