• २०८३ असार १४
  • 2026 June 28, Sunday

भोलि बस्ने गरि सर्‍यो राष्ट्रियसभा बैठक

काठमाडौं । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगतरूपमा छलफल हुने तय थियो । राष्ट्रियसभाको आज सोमबार ११:०१ मा बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै भोलि ११:०१ बजेसम्मका लागि सारिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर एमालेले लगातार राष्ट्रियसभाको बैठक अवरुद्ध गरिरहेको छ ।

बैठक सुचारु हुने सुनिश्चित भइनसकेकाले आजको बैठक स्थगित गरिएको स्रोतले बतायो । हिजो शीर्ष नेताबीच सदन सुचारु गर्ने सहमति भएको भनिएकोमा एमाले अध्यक्ष केपी ओलीले आफूमाथि आरोप लगाएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि समस्या बल्झिएको छ ।