संसद भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएकाे आशंका

काठमाडाैं । नयाँ बानेश्वरमा संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम भएकाे प्रहरीकाे आशंका छ ।

शंकास्पद वस्तु फेला परेपछि अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोग गराइएको छ प्रहरीले बताएकाे छ ।

सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएकाे पनि प्रहरीले जनाएकाे छ ।

सरकारले एमसीसी संसदबाट पारित गरेकाे विराेधमा साेमबार नेपाल बन्दकाे आह्वान गरिएकाे छ । यद्यपी उपत्यकामा बन्दकाे प्रभाव खास देखिएकाे छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१