• २०८३ असार १४
  • 2026 June 28, Sunday

सीताको अन्यष्टि आजै पशुपतिमा गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्मकमल दाहाल पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

सीता दाहालको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । त्यस्तै, माओवादी केन्द्रले एक शोक वक्तय जारी गर्दै सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विभिन्न राजनितिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा परिवारजनलाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा,आरजु राणा देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत लगायतका विविध शीर्ष दलका नेता कार्यकर्ता अस्पताल परिसरमा पुगेर समवेदना प्रकट गरेका छन् ।