• २०८३ असार १४
  • 2026 June 28, Sunday

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक साउन २ गते १ बजे बस्ने

काठमाडौं । आजका लागि स्थगित भएको नेपाली  कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि आजका लागि बोलाइएको कांग्रेस बैठक स्थगित गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार आज स्थगित बैठक अब साउन २ गते अपरान्ह १ बजे पार्टी कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १ बर्षपछि बस्न लागेको हो ।