नेपाली सेनाले खोल्यो झन्डै ४ सय जनाका लागि विज्ञापन

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ ।

सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादकरवाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो ।

ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१