
काठमाडाैं । आइतबार बिहान नयाँ बानेश्वर संसद भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु डिस्पाेज गरिएकाे छ ।
सर्वसाधारणमा त्रास फैलाउनका लागि नाे एमसीसी लेखेर प्रेसर कुकरमा इट्टाका टुक्रा/ प्लास्टिक राखिएकाे नेपाली सेनाले जनाएकाे छ ।
संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए ।
एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।
शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रमा त्रास उत्पन्न फैलिएकाे थियाे ।
यसैगरी साेमबार बिहान काभ्रेपलाञ्चाेककाे बनेपामा पनि नाे एमसीसी लेखिएकाे प्रेसर कुकर फेला परेकाे थियाे । त्यहाँ पनि त्रास फैलाउनका लागि खाली प्रेसर कुकर राखिएकाे थियाे ।