काठमाडौं । देशभरको मौसम आंशिक देखी सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आंशिक देखि सामान्य बदली रहने जनाउँदै विभागले बाँकी स्थानमा मौसम सफा रहने पूर्व अनुमान गरेको छ । अहिले सुदुरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने राती देशभरको मौसम आंशिक देखी सामान्य बदली रहन सक्ने अनुमान छ ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।
मनसुनी न्युन चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले सोमबारबाट पानी पर्न कम भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा सबैभन्दा धेरै पानी परेको छ । २२ दशमलव ६ मिलिमिटर वर्षा विराटनगरमा भएको छ । त्यसपछि जिरीमा १५ दशमलव २ मिलिमिटर,जुम्लामा ९ दशमलव १, ताप्लेजुङमा ७ दशमलव ४ र काठमाडौंमा २ दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।