• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सिसडोलमा स्थानीय र प्रहरीबीच झडप, उपत्यकाबाट लगिएका फोहोरका गाडी अघि बढ्न सकेनन्

काठमाडौं । बञ्चरेडाँडामा फोहोर लैजाने क्रममा झडप भएको छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर लैजादै गर्दा स्थानिय र प्रहरीबीच झडप भएको हो ।

स्थानियले त्यस क्षेत्र दुर्गन्धित भएको र बस्न नसक्ने स्थिती आएको भन्दै केहिदिन अघिदेखि विरोध गरिरहेका छन् । त्यसका बाबजुत आज शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लगिएको छ । तर फोहोर सम्बन्धीत स्थानसम्म पुग्न स्थानियको अवरोधका कारण सकेको छैन् ।

यसको निकासको लागि त्यहाँका स्थानिय र शहरी विकास मन्त्रालयबीच छलफल भएको थियो तर छलफलको निचोड निस्कीन सकेन । आइतबार बस्नेगरि बैठक स्थगित गरिएको छ ।