
काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीको बारे नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गरेर एमसीसीलगायत पछिल्लो राष्ट्रिय राजनीतिका विषयमा धारणा सार्वजनिक गर्न लागेका हुन् ।
एमाले केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा पत्रकार सम्मेलन हुनेछ ।
गएको आइतबार सत्तारुढ गठबन्धनले संसदबाट एससीसी पारित गर्दा प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद अवरोधलाई निरन्तरता दिएको थियो ।
एमसीसीमा तटस्थ बसेको भन्दै नेकपा एमालेका नेताहरुले अनेक आरोप खेपिरहेका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि मंगलबार पत्रकार सम्मेलन गरी एमसीसीको पक्षमा उभिनुको कारण स्पष्ट पार्ने जनाएकाे छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साेमबार एमसीसीकाे समर्थनबारे प्रष्टीकरण दिइसकेका छन् ।