• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

आज (बिहीबार) देशभरको मौसम सामान्य बदली रहने छ । अहिले मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्य बदली भई बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने तथा बाँकी प्रदेशका पहाडी भु-भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भरे राति देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका बाँकी अन्य स्थानका पहाडी भु–भागमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका कतिपय स्थानमा भारी वर्षाको कारण बाढी पहिरोले जस्ता विपत्तिले मानविय र भौतिक क्षति हुन सक्ने भन्दै महाशाखाले सर्तकता अपनाउन सबैमा आग्रह पनि गरेको छ ।