सय किलो सुन प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी

काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो ।

त्यसक्रममा केही बाकसहरु विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको विभागका एक अधिकारीले बताए ।

घरलाई अहिले विभागले शिल गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।