• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारतीय महावाणिज्य दूतावासद्वारा ‘मिसन लाइफ’ अन्तर्गत विशेष सप्ताह सम्पन्न

काठमाडाैं । ‘मिशन लाइफ’काे एक भागको रूपमा, भारतको महावाणिज्य दूतावास, वीरगञ्जले विशेष सप्ताहकाे आयाेजना गरेकाे छ ।

मिशन लाइफ पर्यावरणको संरक्षण र प्रवर्द्धन गर्न व्यक्तिगत र सामुदायिक कार्यलाई टेवा पुर्‍याउने भारतको नेतृत्वमा रहेको विश्वव्यापी जन आन्दोलन हो । मिशन लाइफ अन्तर्गत, वाणिज्य दूतावासले जुन २० मा आफ्नो परिसर भित्र “Healthy lifestyle” मा प्यानल छलफल आयोजना गरेकाे थियाे । उक्त छलफलमा डा. निरज कुमार सिंह (एम.डी. इन्ट-मेड) र डा. सुचित कुमार शर्मा (उपसचिव, सामाजिक विकास मन्त्रालय, मधेस प्रदेश) ले स्वस्थ जीवनका लागि व्यक्तिहरूले आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

जुलाई २१ काे सत्रमा, “e-Waste Reduced” सम्बन्धी प्यानल छलफल भएको थियो जुन विजय कुशवाहा (निर्देशक, एनआईआईटी, वीरगन्ज) द्वारा प्रस्तुत गरिएको थियो । उनले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराए । उनले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरे ।

जुलाई २४ मा आयोजित सत्रमा, रणजित कुमार सिंह (सरसफाई अभियन्ता, रक्सौल) र श्री जयप्रकाश खेतान (सरसफाई अभियन्ता, वीरगन्ज) ले “Single Use Plastic” लाई व्यावहारिक रूपमा कम गर्नका लागि आफ्नो विचार प्रस्तुत गरे । किनकि यिनको प्रयोग ले विश्वभरि हजारौं टन प्लास्टिक फोहोर उत्पादन गर्दछ। एकल प्रयोगको प्लास्टिक सड्न धेरै समय लाग्छ।

जुलाई २५ मा आयोजित सत्रमा, महेश अग्रवाल (अध्यक्ष, भारत-नेपाल सीमा जागरण मञ्च, व्यवसायी र सामाजिक कार्यकर्ता, रक्सौल) ले “Sustainable Food System” बारे विचार प्रस्तुत गरे । उनले स्वस्थ खानाको बानी र कोदोको प्रयोगका फाइदाहरू बारे प्रकाश पारे । हाम्रा पुर्खाहरूले स्थानीय परिस्थितिअनुसार खानाको व्यवस्था गर्ने गरेको उनले स्मरण गरे । उनले खाना पकाउने तरिका र प्रेसर कुकर प्रयोग गर्दा हुने जोखिमका बारेमा पनि जोड दिए ।

जुलाई २६ मा, “Waste Reduced” मा एक अभिमुखीकरण कार्यक्रम आयोजित गरियो । सरफुद्दिन मिया (इन्चार्ज, सरसफाइ शाखा, बीरगंज महानगरपालिका) र महेश अग्रवाल, (अध्यक्ष भारत-नेपाल सीमा जागरण मञ्च, व्यवसायी तथा सामाजिक अभियन्ता, रक्सौल) ले फोहोर कम गर्न र क्षेत्रलाई सफा, हरियाली र सफा राख्न मद्दत गर्न फोहोर कम गर्नमा जोड दिए । उनीहरुले थप रुख रोप्नुपर्नेमा जोड दिए ।

जुलाई २७ मा गोविन्द गुप्ता, चार्टर्ड एकाउन्टेन्ट र नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य प्रियांशु गुप्ताले “Energy Saved” मा आफ्नो विचार प्रस्तुत गरे र हामीले ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सक्छौं भनेर व्याख्या गरे । उनीहरूले नवीकरणीय र गैरनवीकरणीय ऊर्जाको बारेमा पनि वर्णन गरे र ऊर्जाको कम प्रयोगले कसरी गैर-नवीकरणीय ऊर्जा लोप हुने जोखिममा रहेको समाजलाई फाइदा पुर्‍याउँछ भन्ने तथ्याङ्कसहित प्रदर्शन गरे ।

विशेष सप्ताह वाणिज्य दूतावास परिसर भित्र “Water Saved” मा छलफलसँगै अन्तिम कार्यक्रम गरियाे । नेपाल खानेपानी संस्थान बीरगंजका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियंका रौनियारले पानीको बर्बादीले कसरी पानीको संकट निम्त्याउँछ भन्ने देखाए । उनीहरुले पानीको सतह बढाउने उपाय सुझाए र रेन वाटर हार्वेस्टिङको महत्वमा जोड दिए ।

मिशन लाइफ अन्तर्गत कुल सात सत्रहरू सञ्चालन गरिएका थिए । बैठकमा बीरगंजका करिब एक सय नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।