• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रवि लामिछाने सामान्य कमजोरीले फेरि विवादित, ‘हेडलाईन आतंक’ भन्दै मिडियालाई लगाए आक्षेप

काठमाडौं । रवि लामिछाने प्रायः विवादमा आइरहने व्यक्ती हुन । उनी जे काम गर्दापनि विवादित भइहाल्छन् । अहिले पनि सामान्य गल्तीले गर्दा उनी विवादमा परेका छन् । आफु निर्वाचित भएको सय दिनको अवसरमा निर्वाचित भएको क्षेत्र चितवन २ मा विभिन्न कार्य अगाडी बढाए । उनले ‘मोबाइल क्लिनिक’, महिलाहरुको लागि निःशुल्क बस सेवा सञ्चालन गरेका हुन् ।

‘मोबाइल क्लिनिक’ मार्फत ज्येष्ठ नागरिकहरूलाई एम्बुलेन्स सरह निःशुल्क सेवा प्रदान गर्ने भनेर सञ्चालन गरेको एम्बुलेन्स तीन दिनमै फिर्ता गर्नुपरेको छ । टोलटोलमा गएर स्वास्थ्य उपचार गर्न भनी रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको हो । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।
विवाद पछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेको हो । यी यस्ता साना विषयमा पनि कमजोर निर्णयले गर्दा लामिछाने विवादमा पर्ने गर्छन् । अब २ वटा गाडी थप्ने उनले बताएका छन् ।

यस्तै आफुले जितेको सय दिनको अवसरमै उनले सञ्चालनमा ल्याएको निलो रङ्गको निःशुल्क महिला सेवा बस पनि विवादित छ । भाडाको बस कसरी सञ्चालन गर्ने ?, किन महिलालाई मात्र छुट ?, के महिला अरु भन्दा कमजोर छन् र ?, अन्य लाभान्वित समुदाय, व्यक्तीलाई निः शुल्क गर्नुको साटो किन महिलालाई गरेको ? जस्ता प्रश्न उनी माथि उठेका थिए । तर त्यसको उत्तर महिलामैत्री सेवाको लागि सञ्चालन गरेको रास्वपाले जनाएको छ । यी त सामान्यतया नागरिक स्तरबाट उठेका प्रश्न भए । तर उनले सवारी तथा यातायात व्यवस्था ऐन अन्र्तगतको नियमलाई पालना नगरि बस सञ्चालन गरेका छन् । सवारीसाधनको रङ्ग, पार्ट पूर्जाहरु आदी परिवर्तन गर्नुपरे सम्बन्धित संस्थाबाट अनुमति लिनु पर्ने हुन्छ । तर लामिछानेले यता तिर ध्यान लगाएनन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा ‘स्विकृत नलिई स्वरुप परिवर्तनअन्तर्गत सवारीको रङ, सीट संख्या, इन्जिन वा चेसिसमा कुनै हेरफेर गर्नु हुँदैन’ भनिएको छ । यदि सवारीसाधनको रङ परिवर्तन गर्न परे त्यस्तो अवस्थामा अधिकारप्राप्त अधिकारीको अनुमति लिएर मात्रै परिवर्तन गर्न सकिन्छ । लामिछानले बसको रङ परिवर्तन गर्दा अनुमति नलिएका यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार बिहान रवि लामिछानेले ‘हेडलाईन आतंकर’ भनेर मिडियालाई दोषी देखे । समाचार सत्य र तथ्यमा आधारित हुन्छन । सहि अनुसारका शिर्षक बनाउनु पर्दछ । बसको रङ्ग परिर्वतन गर्न अनुमति लिनुपर्ने प्रावधान छ तर नलिएपछि नलिएको भन्नु पर्‍याे‌ । त्यस्तै पूरानो मेडिकलको एम्बुलेन्स फिर्ता गरेको भन्ने सत्य हो त्यसैले यी विषयमा कलम चलाउँदा रवि लामिछाने मिडियामाथि जाईलागेका हुन् ।

उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा यस्तो लेखेका छन् ।