सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : महेश वर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।

शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ प्रतिपक्ष र जनताले उठाएको माग उच्च स्तरीय छानविन समिति बनाउँने कुरामा सहमत भएर आउँने छ र सदन अगाडि बढ्नेछ भन्ने विश्वास छ । ’

सचेतक बर्तौलालले संसदीय समितिको विषयमा पनि एक खालको सहमति भएको बताए ।

उनले भने ‘ समितिको विषयमा नेकपा एमाले र अरु दलहरुबीच एकप्रकारको सहमति भएको छ । आज सदन अगाडि बढाएर समितिको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउँने कुरा बैठकमा राखेका छौ । विषयगत समितिमा केही सदस्यहरु हेरफेर गर्न पर्ने छ । हामीले हाम्रो तर्फबाट पनि हेरफेर गर्नुपर्ने छ त्यसको तयारी गरेका छौ । यसको विषयमा सभामुखले यहीबाट आफ्नो घोषणा गर्न सक्नु हुनेछ । ’

यसैबीच संघीय संसद सचिवालयबाट अपरान्ह ४ बजे बस्ने संसद बैठक बस्ने सूचना जारी भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१