• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पहिरो खस्दा नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण देशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

यस्तै, पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको छ ।