• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

तीब्र गतिमा रहेको बसले ठक्कर दिँदा एकै पटक १० गाई गोरुको मृत्यु

बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ ।

दाङबाट काठमाण्डौ तफै जादै गरेको बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले सोमवार मध्यरातमा बाटोमा बसीरहेको छाडा गाई गोरुलाई ठक्कर दिएको हो । तीब्र गतिमा रहेको बसले ठक्कर दिदा एकै पटक ५ वटा गाई र ५ वटा गोरु मरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

दुर्घटनामा परी एकै पटक यत्रो संख्यामा चौपायामा मरेको यो जिल्ला मै पहिलो घटना भएको उनले बताए । दुर्घटना गराउने बस ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छ । सो बसमार रहेको यात्रुहरु भने सकुशल रहेको र उनीहरुलाई अन्य बसमा पठाइएको तिमिल्सिनाले बताए ।

घटनाको अनसन्धान भईरहेको प्रहरीले जनाएको छ । छाडा गाई गोरुको ब्यवस्थापन नगरिदा कपिलवस्तुमा दुर्घटनाको जोखिम बढेको छ । अनाहकमा चौपायाहरुको समेत ज्यान जाने गरेको छ । मरेको गाई गोरुलाई डोजरद्धारा ब्यवस्थापन गरिएको छ ।