नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडाैं । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर उनी पराजित हुन पुगेकी थिइन् ।

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ-इलाम, विन्दु पौडेल-नवलपुर, रेखा थापा-काठमाडाैं, प्रेक्षा मल्ल-धनुषा, मीना झा-सर्लाही, सन्तोषी शाही ठकुरी-सुर्खेत, स्वाती थापा-रुपन्देही, पुष्पा रजौरिया-कपिलवस्तु, लक्ष्मी तण्डुकार-काठमाडौं, समृद्धि राणा-उदयपुर, मीना न्यौपाने-चितवन, शान्ति माया गुरुङ-धादिङ, जयाकुमारी महतो-सप्तरी र सावित्रा थापा-काठमाडौं रहेका छन् ।

यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१