• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नु पर्ने समेत बताए ।

‘अहिलेका गृहमन्त्रीले बिना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु ।’

आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै आक्रोश पोखे ।

प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको ? उनको प्रश्न छ । ‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ?’