• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

एमसीसी खारेजीको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

सोमबार शान्तिवाटिकामा पार्टीको उपत्यका व्युरो र संयुक्त जनवर्गीय संगठनको आयोजनामा एमसीसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानको विरुद्धमा प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले एमसीसी सम्झौतामा रहेका बुदाँहरु देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानून र नेपाली जनताको प्रतिकुल रहेको भन्दै उक्त सम्झौता लागू गर्न नहुने बताए ।

उनले एमसीसी परियोजना मार्फत नेपाललाई आफ्नो अधिनमा राख्न खोजिएको भन्दै यो नेपालको हितमा नरहेको दावी गरे ।

उनले भने, यो सम्झौतामा रहेका बुदाँका भावहरु देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानून र नेपाली जनताभन्दा माथि रहेको छ । एमसीसी परियोजना लागू भयो भने अमेरिकाले नेपालको कुनै पनि नियम कानून मान्न बाध्य हुदैँनन् । यो नेपाललाई आफ्नो अधिनमा राख्ने एउटा काम हो । त्यसकारण यसलाई लागू गर्न हुदैँन । यो नेपालको हितमा छैन्, यो विकास होईन् । यस्मा अमेरिकाको खराब मनसाय लूकेको छ । यसले नेपाललाई दीर्घकालीन असर पार्ने छ । ’

महासचिव सिंहले कुनै पनि हालतमा एमसीसी सम्झौतालाई कार्यान्वयन हुन नदिने भन्दै जबरजस्ती लागू गर्न खोजिएमा नेपाल कम्युनिष्ट पार्टी अखिल क्रान्तिकारीले यसको ठूलो प्रतिवाद गर्ने चेतावनी दिए ।