• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

सय किलो भनिएको सुनको परिमाण ६० किलो ७७९ ग्राम

काठमाडौं । हङकङबाट भित्रिएको अवैध सुनको परिमाण ६० किलो ७७९ ग्राम रहेको पाइएको छ। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको हो।

बरामद उक्त सुनको परिमाण करिब १ क्विन्टल भएको अनुमान गरिएको थयो। बरामद ब्रेक शुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

राजश्व अनुसन्धान विभागले भन्सार छुट भइसकेको अवस्थामा उक्त सुन बरामद गरेको थियो।

सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा भएको थियो। ब्रेक शु र सुन छुट्याएर सुनलाई गालेर सुन जोखिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए।

यसअघि बरामद ब्रेक शुसहित सुनतको तौल १५५ किलो रहेको थियो।

सुन जोखेपछि अब गुणस्तर जाँचको काम हुनेछ। आगामी तीन दिनभित्र सुनको गुणस्तर जाँच हुनेछ।