अर्थमन्त्रीकाे भ्रमणपछि बागलुङकाे बलेवादेखि मालढुंगासम्मकाे सडक कालाेपत्रे हुने

बागलुङ । जिल्लाकाे कालीगण्डकी करिडाेर अन्तर्गत १० किलाेमिटर बाटाे कालाेपत्रेका लागि ठेक्का स्वीकृत भएकाे छ ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल र पूर्व शिक्षामन्त्री दिननाथ शर्माको विशेष पहलमा अर्थमन्त्री जनार्दन शर्माकाे बागलुङ भ्रमण पछि उक्त बाटाे कालाेपत्रेकाे लागि ठेक्का स्वीकृत भएकाे हाे ।

करिडाेर अन्तर्गत (गैंडाकाेट-राम्दी-मालढुंगा) सडक याेजनाकाे लागि एक अर्ब एक कराेड १८ लाख १७ हजार बजेट बिनियाेजन भएकाे हाे ।

याेजनाकाे बागलुङ जिल्लाकाे बलेवादेखि मालढुंगासम्म १० किमी सडक खण्डमा कालाेपत्र स्तरमा स्तराेन्नति गर्न सडक विभागकाे सिफारिस बमाेजिम ९३ कराेड १ लाख ७५ हजार रुपैयाँ बिनियाेजनका लागि सिफारिस भएकाे हाे ।

लामाे समयदेखि कालाेपत्रे नभएर अलपत्र रहँदै आएकाे सडक अब कालाेपत्रे हुन लागेकाे हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१