एमाले अध्यक्ष ओली र अमेरिकाका राजदूतबीच बालकोटमा भेट

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच आज विहान ओली निवास बालकोटमा भेटघाट भएको हो।

थम्पसन र ओलीबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ।