प्रधानन्यायाधीश श्रेष्ठ आज शपथ लिदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संसदीय सुनुवाइ समितिले सोमबार श्रेष्ठको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठज्यूलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

४१अघि अस्थायी अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका श्रेष्ठले मंगलबार दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनियताको शपथ लिने छन् । त्यसलगतै सर्वोच्च अदालत पुगेर न्यायलयको सर्वोच्च पद प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए । ३१ औं प्रधानन्यायाधीशका रुपमा उनले १४ महिना जिम्मेवारी सम्हाल्ने छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१