• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

धरानमा गौहत्याप्रति राप्रपा नेपालका अध्यक्ष थापाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटना प्रति आपत्ति जनाएका छन् ।

बिहीबार समाजिक सञ्जाल मार्फत उनले धरानमा सार्वजनिकरुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको प्रति आपत्ति जनाउँदै सो घटना लज्जाजनक भएको उल्लेख गरेका छन् । ‘केही दिनअघि धरानमा सार्वजनिकरुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको घटनाका सम्बन्धमा सरकारको मौनता लज्जाजनक छ । यो घटनाले सनातन धर्मावलम्बीहरुलाई मर्माहत बनाएको छ । कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारवाही गर्न सरकारसँग माग गर्दछु तथा सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारबाही गर्न सरकारसंग माग गरेका छन् ।