विपी चिन्तन तथा गणेशमान फाउन्डेसनद्वारा जापानमा स्वागत तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापान । विपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपालबाट जापान भ्रमणमा आएका गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनसहितकाे टाेलीलाई स्वागत गरी विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

गाेदावरी नगरपालिकाका मेयर र महालक्ष्मी नगरपालिकाकी उपमेयरलगायत तार्केश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाकाे प्रशासन प्रतिनिधिकाे टाेलीकाे स्वागत गरिएकाे हाे ।

विपी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । विशेष अतिथिमा गजेन्द्र महर्जन, लक्ष्मी महर्जन, एनआरएनए आईसीसीका उपाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग रहेका थिए ।

त्यस्तै, अन्य अतिथिमा एनआरएनए जापानकी संरक्षक अनिता गुरुङ, नेपाल जनसम्पर्क समिति जापानका उप सभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेल, नेपाल जनसम्पर्क समिति जापानका कोषाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, तारकेश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाको प्रशासन प्रतिनिधि, एनआरएन केन्द्रीय सदस्य रामु कँडेल, मन्जु बनलगायत विशिष्ठ व्यक्तित्वहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भयको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल जनसम्पर्क समिति जापानको उपाध्यक्ष राजेन्द्र जमकट्टेलले दिएका थिए भने बोल्ने अधिकांश वक्ताहरूले विपी र गणेशमानका त्याग योगदानको स्मरण गरेका थिए । नेपाल जनसम्पर्क समिति जापानका उपसभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेलले विपी र गणेशमानले गरेकाे याेगदानलाई स्मरण सम्मान गर्दै समाजबारे गरेको परिकल्पना र संगठनलाई भोलिका दिनमा पनि त्यसैगरी अगाडि बढाउँदै संगठनलाई चुस्त र सांगठनिक रूपमा बलियो बनाउनु पर्नेमा जाेड दिए ।

विशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठले विश्वभर छरिएर रहेको सम्पूर्ण गैर आवासीय नेपालीको आर्थिक सामाजिक र राजनीतिक सम्पन्नताको लागि काम गर्ने, प्रवासमा बसेर मतदान गर्न पाउने, गैरआवासीय नेपालीलाई परेको पिर मर्कालाई सरकारले तत्काल सम्बोधन गर्न व्यवस्था मिलाउने रोजगारको सुविधालगायतको व्यवस्थाहरुलाई सहज गर्न पर्ने र नेपालको राष्ट्रिय बजेटभन्दा ३ गुणा ठूलो आर्थिक बजेटको गैर आवासीय नेपालीहरुले विदेशमा लगानी र प्रवर्द्धन गरिरहेको हुनाले यस तथ्यलाई नेपालसँग जोड्न जरुरी भएको बारेमा प्रकाश पारे ❘

कार्यक्रमका प्रमुख गजेन्द्र महर्जनले जापानबाट नेपालले प्रविधि र अनुशासन सिकेर अगाडी बढ्नुपर्ने र जापानिजहरु जस्तै मेहनती हुनुपर्ने बारे अभिव्यक्ति दिएका थिए । उपमेयर लक्ष्मी महर्जनले जापानको जाईकाले नेपालमा विपद व्यवस्थापन लगायत विषयमा सहयाेग पुर्‍याएकाे, जापानमा पनि नेपालीहरुको एकता र संघ संस्थाकाे महत्वपूर्ण क्रियाकलापमा सहभागिता तथा स्वागत गरी गरिमा बढाइदिएकाेमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यकमको अध्यक्षता गर्दै डा.बलराम श्रेष्ठले नेपालको स्थानीय निकाय तथा सरकारी संघसंस्थाहरु जनतामैत्री हुनुपर्ने बताए । विपी र गणेशमानले गरेकाे याेगदानलाई स्मरण र सम्मान गर्दै भोलिका दिनमाा पनि अगाडि बढ्ने विपी चिन्तन तथा गणेशमान फाउण्डेशनका प्रवक्ता भेषनारायण श्रेष्ठले बताए । कार्यक्रम जापान टोक्यो शिनओकुबु नांग्लो घर रेष्टुरेन्टमा भएकाे थियो भने कार्यक्रम संयोजन तथा सञ्चालन सामाजिक व्यक्तित्व दीपक सुवेदी विप्लवले गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१