एमाले भक्तपुरका पन्ध्र सय संगठित सदस्यद्वारा सपथ ग्रहण

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका संगठित सदस्यले सपथ ग्रहण गरेका छन् ।

शुक्रबार भक्तपुरमा पार्टीले आयोजना गरेका सपथ ग्रहण कार्यक्रममा करिब एक हजार पाँच सय संगठित सदस्यले सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले एमाले सरकारबाट बाहिर भएको कारण राष्ट्रिय गौरवका योजनालाई अगाडी बढाउन नसकेको गुनासो गरे ।

उनले राम्रो काम गर्ने पार्टी नै निर्णय गर्ने ठाउँमा नहुँदा सोचे अनुरूपको काम गर्न सम्भव नभएको टिप्पणी गरे ।

उनले भने, ‘राम्रो काम गरेको पार्टी आज अलि सत्ताबाट बाहिर छ । विडम्बना जसले राम्रो काम गर्छ, जनताको सुरक्षा गर्छ ,सामाजिक सुरक्षा गर्छ । त्यो पार्टी निर्णय गर्ने ठाउँमा छैन । आज निर्णय गर्ने ठाउँमा भएको भए राष्ट्रिय गौरवका योजनालाई आज अगाडि बढाइसकेका हुने थियौं । त्यो आज सम्भव भएन । उत्पादनको क्षेत्रलाई फराकिलो ढङ्गले अगाडि बढाउने थियौं त्यो आज सम्भव भएको छैन ।’

नयाँ सदस्यता लिएसँगै भक्तपुरको सम्भावना, पर्यटन र कृषि क्षेत्रमा एमालेले जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने दाबी गरे ।