काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।
नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौंमा सम्बाधेन गर्दै उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नुगेपछि समाज शुद्ध नहुने तर्क गरे ।
‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ । हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ । सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउँने हो भने पो सामान शुद्ध हुने हो ।
हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटरहित सामान आउँन सक्छ ।’ उनले भने, ‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होईन् । हामीलाई छिटो फाइदा कमाउँने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ ।’
उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए ।
महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रयास गरेको भन्दै उनले सो प्रयासमा सरकार सधैँ सँगै रहेको बताए ।
उनले भने, ‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुकभरको नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रयास गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपालि सरकार सँगै उभिन चाहान्छ ।’
उनले हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउँन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गनुपर्ने बताए ।
वर्तमान समाजमा छिटो फाइदा कमाउँने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।
यस्तै, उनले कार्यक्रममा जादाँ मायाको चिनो, सम्मान पत्र वितरण गर्नु भनेको फिजूल खर्च भएको मान्यता व्यक्त गर्दै यस्तो सम्मान पत्रको भारी नबोकाई दिन पनि अनुरोध गरेका छन् ।