विवाहबारे बाेलिन् रश्मिका, के भनिन् ?

काठमाडौं । दक्षिण भारतीय चलचित्रकी अभिनेतृ रश्मिका मन्दनाले विवाहबारे बाेलेकी छिन् । पछिल्लाे समयमा विजय देवरकाेण्डा सँग विवाहकाे चर्चाबारे गरिएकाे प्रश्नमा उनले टाइम पास गसिप भएकाे प्रतिक्रिया दिएकी छन् ।

‘यो सबको लागि मसँग समय छैन । मेरो समय आएपछि म विवाह गर्छु नै। अहिले नै के हतार छ र ?,’ उनले भनिन् । साथै उनले आफ्नाबारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन्।

गीता गोविन्दम र डियर कमरेडमार्फत तेलुगु सुपरस्टारद्वय विजय देवरकोन्डा र रश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ले नै चर्चामा ल्याए पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासहित यी दुईको सार्वजनिक भिडियोहरूले कतै प्रेममा त छैनन् ? भन्ने चर्चा पनि सुरु भएकाे थियाे ।

यी दुईले आफुलाई मिल्ने साथीको रूपमा मात्र बताउँदै आइरहेका छन् । तर, केही समय अगाडिदेखि यी दुईको विवाहको चर्चा बढ्दो छ । केही समय अगाडि मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो ।

यसअघि विजयले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत याे बिल्कुल बकवास खबर भएकाे प्रतिक्रिया दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१