• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले मनायो ‘तीज धमाका २०२३’

जापान । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२३’ भव्य रूपमा सम्पन्न भएको छ ।

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले विगतका वर्ष देखिनै गर्दै आएको तीज कार्यक्रम निरन्तरता दिँदै नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियारसहित स्थानीय कलाकार निशा क्षेत्रीको प्रस्तुतिमा कार्यक्रम सम्पन्न गरेकाे हो ।

हरितालिका तीजको दिनमै कार्यक्रम गरिएकोले भरिभराउ रुपमा दर्शकको उपस्थिति रहेको  थियाे ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले नेपालमै रहेर तीज मनाइरहेको झल्को दिने कार्यक्रम गरेर आफ्नाे मौलिक संस्कृतिलाई प्रवासमा पनि बचाइ राखेकाेमा खुशी व्यक्त गरिन् ।

तीज धमाकाले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका बीचमा आपसी सम्बन्ध, सद्भाव,भाइचारा र एकता कायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा नेपाली संस्कृति बचाई राख्न सहयोग पुर्याएको अध्यक्ष थापाको भनाई थियो ।

कार्यक्रममा गलकोट समाजका महासचिव लक्ष्मण कार्की, कल्पना खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, कार्यक्रममा गल्कोट समाज जापान क्षेत्रीय समितिलाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग पुर्याउने व्यक्ति र संस्था र आमन्त्रित कलाकारहरूलाई सम्मान पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम समितिका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रमको संचालन सचिव दिपक सुवेदी ‘विप्लव’ गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य चन्द्रकुमारी केसी र सांगीतिक कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष दिनेश थापाले गरेका थिए ।

तस्बिरहरु :