• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सिंहदरबार दक्षिणी गेटमा तनाव : भित्रै घुसेका वैद्य माओवादीका ११ कार्यकर्ता पक्राउ, पत्रकारमाथि समेत ज्याद्दती

काठमाडौं । शिक्षक आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन्। निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेला धकेल भएको छ । सो क्रममा प्रहरीले संचाकर्मीलाई समेत ज्याद्दती गरेको छ।

आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपातसमेत गरेको छ। सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ ।