• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धनुषामा एक युवकमाथि गाेली प्रहार

धनुषा । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति एक युवकमाथि गाेली लागेकाे हाे ।

गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषा प्रहरीले जनाएकाे छ ।

किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको थियो ।

मुखियाको चिउँडोमा गाेली लागेकाे छ । उपचारका लागि उनलाई शनिबार राती नै काठमाडौं पठाइएको छ । गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन ।