• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रिय नीतिमा सबै एक भएर अघि बढ्नुपर्छः उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले धार्मिक, सामाजिक सदभाव विथोलिने घटनाहरु भैरहेकोप्रति राज्य सत्ताको नेतृत्व गरिरहेका नेतृत्व वर्ग र मूल राजनीतिक दलले लचकता, संयमता र धैर्यताको साथ काम गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सद्भाव बनाएर लैजान आवश्यक भएको भन्दै राष्ट्रिय नीतिमा सबै एक भएर अगाडि बढ्नुपर्ने बताए ।

१५४ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस विशेष कार्यक्रममा पुनले नेपालमा पछिल्लो समय धार्मिक, सामाजिक सद्भाव बिथोल्ने घटना भैरहेको भन्दै त्यसमा राज्यका शक्तिलाई विश्वासमा लिएर राष्ट्रिय सद्भाव कायम राख्न मूलधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिएर हाम्रा विदेश नीति, आर्थिक नीति, विकास नीति, शिक्षा नीति, सामाजिक रुपान्तरणका नीति, साँस्कृतिक लगायतका राष्ट्रिय नीतिहरुमा सत्ता पक्ष, प्रतिपक्ष, राजनीतिक र राज्यका अन्य सबै शक्तिहरुलाई विश्वासमा लिएर मूलधार निर्माण गर्नुपर्छ ।’

पछिल्लो समय धार्मिक सामाजिक सद्भाव विथोल्ने गतिविधि र घटना बढेकोमा उनले राज्यको नेतृत्व गरिरहेको नेतृत्व वर्गले लचक, संयम र धैर्य देखाएर सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए ।

‘विभिन्न सामाजिक, धार्मिक सद्भावहरु विथोलिने घटनाहरु देखिएका छन् । त्यसमा मूल राजनीतिक दलहरु राज्य सक्तको नेतृत्व गरिरहेको नेतृत्व वर्गले लचकता, संयमता र धैर्यताका साथ एउटा सामाजिक सद्भाव बनाएर जानुपर्ने छ’ पुनले भने ।