बितेको २४ घण्टामा बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केल माथिका १२ वटा भूकम्प

काठमाडौं । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ रेक्टरस्केल माथिका १२ वटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको हाे ।

बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६.३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ ।

केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ५.१, ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर २८ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३, ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का मापन भएको छ ।

यसैगरी ५ बजेर ३८ मिनेटमा ५, बुधबार मध्यराति १२ बजेर ५० मिनेटमा ४.३, बिहान ४ बजेर २७ मिनेटमा ४.३ र ५ बजेर ४३ मिनेटमा अर्को ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।