नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारी सुधार्नुपर्छ : मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारीलाई सुधार्र्नुु पर्ने बताए ।

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले नियम कानुनले मिल्दैन भने पनि मिलाउनु पर्ने बताए ।

उनले भने,‘ नियम कानुन परिवर्तन गरेरै भए पनि भिआइपीको सवारीलाई सपार्नु पर्छ । नियम कानुन कुनै धर्म ग्रन्थ नभएको जो परिवर्तन गर्न नसकियोस् । पहिले पहिले भिआइपि भनेको भेरी इम्पोरटेन्ट पर्सन थियो अहिले भेरी इर्रिटेटिंग पर्सन भएका छन् । ’

सडक जाम हुनुमा भिआइपीको दोष नभई सवारीको दोष भएको उनको भनाई छ । उनले त्यसैले सवारीलाई हटाएर सपारेमा मात्र सबै राम्रो हुने बताए ।

उनले भने ,‘सडक जाम हुनुमा दोष भिआइपीको छैन । सवारीको दोष छ । त्यो सवारी शब्द नै त्यस्तो हो ,भीआईपी त्यस्तो हैन, सवारी यसको मतलब वारीको मान्छे वारी पारिको मान्छे पारि बिचमा मनपरी इजिकलटु सवारी । त्यसकारण भिआइपी हटाउने हैन । त्यो बिना देश चल्दैन । त्यसकारण यो सवारी भन्ने हटाएर सपारी दिनु भयो भने सवारी पनि राम्रो हुन्छ । जनताले पनि न्याय पाउँछन् । ’

उनले जलवायु प्रदुषण र ध्वनि प्रदुषणको मारमा रहेको बेला हर्न रोक्ने कार्यक्रमलाई पनि अनुगमन गर्नुपर्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१