काठमाडौं । काठमाडौं महानगरले सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको छ । मेयर बालेन शाहले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको उल्लेख गरेका छन् ।
उनले हरेक वर्ष कम्तिमा १५ हजार जनालाई तालिम र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य रहेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘ हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो ।’
महानगरका स्थायी बासिन्दा तथा भाडामा बस्नेपनि श्रम बैंक मा आबद्द हुन सक्ने उनले बताएका छन् ।