काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।
सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।
बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यस्तै, नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने छ ।