
काठमाडाैं । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ सार्वजनिक भएकाे छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
गीतमा प्रीतिकै शब्द र संगीत छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।
मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ ।
कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुतसमेत गरेकी थिइन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको पनि प्रतिक्रिया दिएकी थिइन् ।