• २०८३ असार १५
  • 2026 June 29, Monday

रवि लामिछानेको प्रश्न : भारतीय प्रमको भ्रमणबारे सरकारले जनतालाई जानकारी गराउनु पर्दैन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मोदीको गुञ्जी भ्रमणबारे सरकार र परराष्ट्र मन्त्रामलयलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै लामिछानेले मित्र राष्ट्र भारतका प्रधानमन्त्री नेपालको भू–भागमा आउँदा सरकार बेखवर रहेको बताएका छन् ।

उनले भने ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री नेपालको भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न कसैलाई जनाकारी गराएको छ । यत्रो ठुलो भ्रमण हाम्रो देशमा कुटीगुञ्जी अहिले सभामुख आसीन हुनुभएको चियरको अगाडीको डेक्सको चुच्चे नक्सा भित्रनै पर्छ । हामीले नै पास गरेको, यो सदनले नै पास गरेको चुच्चे नक्सा भित्र हाम्रो भु–भाग पर्छ । त्यस भू–भागभित्र गुञ्जीपनि पर्छ जहाँ छिमेकी राष्ट्रका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको भन्ने समाचार आयो । तर सरकारले जनतालाई र सदनलाई जनाकारी गराउनु पर्दैन ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे ९ बजे गुञ्जीमा आएका थिए । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतले मोदी आउने बारे जनाकारी नभएको बताएका थिए ।