काठमाडौंमा प्रहरीले गोली चलाउँदा एक जना घाइते, पेस्तोल र पाँच राउण्ड गोली बरामद

काठमाडौं । काठमाडौंको बौद्धमा बिहीबार प्रहरीले गोली चलाएको छ । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको छ । प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली लागेर ३६ वर्षीय अमर घलान घाइते छन् । उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

जितेन लामा र शान्ता लामा प्रहरीको नियन्त्रणमै छन् । उनीहरूबाट एउटा पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ । उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१