
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावमा राजनीति घुसेपछि आरके शर्मा विजेताकाे रेशबाट बाहिरिएकाे अनुमान गर्न थालिएकाे छ ।
संघको अध्यक्षमा रुसका डा. बद्री केसी, अमेरिकाकी रविना थापा, जापानका महेशकुमार श्रेष्ठ र कतारका राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी दिएका छन् ।
माओवादी उपमहासचिव जनार्दन शर्माले आरके शर्मालाई जिताउन माओवादीको सम्पूर्ण शक्ति प्रयोग गरिने सार्वजनिक भाषण गरेपछि चुनावमा पार्टीगत हिसाबले उम्मेदवारी परेको भन्दै केही मतदाता रुष्ट भएका हुन् ।
केही मतदाताले एनआरएनएकाे चुनावमा राजनीति घुसेकाे भन्दै आरके शर्मालाई भाेट नदिने बताएका हुन् ।
साेमबार एक सार्वजनिक कार्यक्रममा जनार्दन शर्माले आरके शर्मालाई एनआरएनएको अध्यक्ष बनाउनका लागि अहिले माओवादीलाई सुवर्ण अवसर आएको दाबी गरेका थिए ।
शर्मा आफूले पनि आफू प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको नजिक रहेकाले गैर आवासीय नेपालीका मुद्दा स्थापित गराउन सहज भएकाले आफूलाई जिताउन भन्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा पनि यसअघि चलेकाे थियाे ।