• २०८३ असार १५
  • 2026 June 29, Monday

एमाले अध्यक्ष ओली दशैं मनाउन झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशैं मनाउन गृह जिल्ला झापा जाने भएका छन् ।

शुक्रबार समाजीक सञ्जाल मार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘दशैं आयो । सबै आआफ्नो घरगाउँ जाँदै हुनुहुन्छ । आज म पनि आफ्नो घरगाउँ झापा जाँदै छु । सबैसँग भेटघाट र भलाकुसारी हुने छ ।’