महिलालाई लखेटेको घटनाबारे ओली भन्छन्– मलाई युवा संघले संलग्नता नरहेको बतायो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा काठमाडौं आएका महिलामाथि युवा संघले दुर्व्यवहार नगरेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई बनाउन गराउने षड्यन्त्र भएको हुनसक्ने बताएका हुन् ।

उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ । यो आफैं बिरामी आफैं झाँक्री के भन्छ नि, त्यस्तै कुरा हुनसक्छ । तर, युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ । हाम्रो संलग्नता नभएको युवा संघले मलाई बताएको छ ।’

आफ्नो पार्टीको नेताहरूबारे नराम्रो कुरा आए यो हुन सक्दैन भनेर त्यहीँ खण्डन गर्न निर्देशनसमेत दिए ।