काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरू र युवा संघका कार्यकर्ताले बल्खु चोकमा ढुंगामुढा गरेका छन् । प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् ।
तोडफोडबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।
बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् ।
आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको हो । यसैगरी युवा संघले काठमाडाैंकाे तीनकुनेमा प्रदर्शन राखेकाे छ ।

